गुमनाम बामदेवले दिए विष्णुलाई साथ

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

 

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही २ का प्रतिनिधिसभाका उम्मेदवार विष्णु पौडेललाई बामदेव गौतमले समेत समर्थन गरेका छन् ।

गौतम नेतृत्वको नेपाल राष्ट्रिय अभियानले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पौडेललाई भोट दिन अपिल समेत गरेको छ ।

 

 

पौडेललाई समर्थन गरेको जानकारी गराउन सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज महेन्द्र अर्यालले भने, ‘विष्णु पौडेल एमाले पार्टीका लागि मात्रै नभएर सिंगो राष्ट्रका लागि आवश्यक पात्र भएका कारण हामीले समर्थन जनाएका हौँ । विष्णु पौडेल सिंगो वामपन्थी आन्दोलनलाई एकीकृत गरेर लैजानुपर्छ भन्ने मान्यता बोकेका व्यक्ति हुन् । नितान्त एमाले मात्रै नबुझेर उहाँ राष्ट्रको नेता हो । राष्ट्रका लागि आवश्यक नेता हो ।’

यहाँका उद्योगीहरूको लगानी, युवाहरूको रोजगारी लगायतका कुराहरूको ग्यारेन्टीका लागि पनि पौडेललाई जिताउन आवश्यक रहेको उनले बताए ।

 

बामदेव गौतम नेतृत्वको एकता अभियानका रुपन्देही जिल्ला इन्चार्ज राधेश्याम गुप्ताले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा आफूहरूको २५ सय बढी मतदाता रहेको दाबी गरे ।

 

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long