प्रदिप ज्ञवाली अर्थात विचार , विकास र निष्ठाको नेतृत्व

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

कृष्ण अन्जान।

 

सँघिय र प्रदेशका लागि निर्वाचनको माहौल तात्दै गर्दा गुल्मीमा पनि उम्मेदवार हरु गाउँ गाउँ पुग्ने र जनताका समस्या सुन्ने ,आफ्ना धारणा राख्ने काम जारी छ ।

यतिबेला नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवाली गुल्मीका गाउँ गाउँमा पुग्नु भएको मात्र छैन कि आफ्नो पहलमा गरिएका विकास आयोजनाका फेहरिस्त पनि जनता समक्ष प्रस्तुत गर्नु भएको छ ।

गुल्मीमा ठूला र महत्वपूर्ण मानिएका आयोजनामा अरबौं लगानी भएको प्रदिप कुमार ज्ञवालीकै पहलमा भएको कसैबाट लुकेको छैन । गुल्मीबाट सांसद जितेर पटकपटक मन्त्री बनेका प्रदीप ज्ञवालीको पहलमा गुल्मीमा ठूला आयोजना अगाडि बढेका हुन् ती आयोजना कतिपय सम्पन्न भएका छन भने कति सम्पन्न हुने चरणमा रहेका छन् ।

चुनावका लागि मतदाताको घरघरमा पुगेका ज्ञवालीसँग स्थानीयले बिगतको प्रशंसा मात्र गरेका छैनन्, आगामी दिनमा विकासका थप योजना ल्याउन पनि सुझाव दिएका छन र तिनै सुझावलाई आत्मसात गर्दै प्रदिप कुमार ज्ञवाली जनता सँगै रहनु भएको छ ।

मुख्य रुपले गुल्मीका लागि ज्ञवाली निर्वाचित भइसकेपछि सडक निर्माण र ठूला आयोजनातर्फ धेरै बजेटको व्यवस्था भएको छ । ज्ञवालीकै नेतृत्वमा ६ अर्बको लगानीमा कालीगण्डकी करिडोर निर्माणको काम भैरहेको छ । दुई अर्व ६२ करोडको लगानीमा रिडी–खज्र्याङ– बलकोट– दाङ– सुर्खेत सडक निर्माण हुँदैछ । ऐतिहासिक रुरु क्षेत्रको तटबन्धको लागि ५५ करोड रुपैयाँको लगानीमा काम अगाडि बढिरहेको छ । यो आयोजना सम्पन्न भएपछि रिडीका जनताको मुहार परिवर्तन हुने स्थानीयको विश्वास छ ।

त्यसैगरी चोरकाटे– शान्तिपुर सडक निर्माणका लागि ५५ करोड रकम सुनिश्चित भएको छ भने गुल्मी जिल्ला अस्पतालका लागि ५२ करोड रकम बिनियोजन भएर अहिले अस्पताल भवन निर्माणको काम तीब्र गतिमा अगाडि बढेको छ ।

त्यस्तै पालिकास्तरमा ६ वटा अस्पताल निर्माणका लागि १ अर्ब ८ करोड रकम परेको छ र काम अगाडि बढेको छ । जिल्लामा कोरोनाको कहरमा निकै जटिल बनेको अक्सिजनको व्यवस्था गर्न ५ करोड रकम विनियोजन गरि आइसियु, अक्सिजन प्लान्ट र पिसिआर ल्याब सेवा सुचारु गर्न पनि ज्ञवालीले गरेको ठूलो प्रयासको गुल्मेली जनताले सह्राना गरेका छन् ।

गुल्मीका विभिन्न पालिका जोड्ने रणनीतिक सडकका लागि ४० करोड रकम बिनियोजन भएको छ भने रेसुङ्गा विमानस्थल निर्माण कार्य सम्पन्न गर्न २० करोडमा काम भएको छ । गुल्मीमा सडकर पुलमात्र होइन खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न ज्ञवालीले दौंघा, हुँगा, बलेटक्सार, पल्लिकोट, खैरेनी, जुनियाँ, हरेवा, अस्लेवा लगायतका स्थानमा २० करोड बढी लगानीमा काम अघि बढेको छ भने कतिपय योजना सम्पन्न भएका छन् ।

त्यसैगरी १४ करोड लगानीमा रिडी रुद्रवेणी सडक निर्माणको काम अघि बढेको छ । शिक्षाको क्षेत्रमा समेत ज्ञवालीले गुल्मीका लागि गरेको योगदानको सधै प्रशंसा हुने गरेको छ । त्यसैगरी मजुवामा प्राविधिक विद्यालय र रानीवास, जोहाङ, छापचौर लगायतका क्षेत्रमा प्राविधिक शिक्षाको लागि काम अगाडि बढेको छ । महेन्द्र मावि र उपल्लो तम्घास लगायतका विद्यालयमा विद्यालय बस सञ्चालन हुनु गुल्मीका लागि शिक्षा विकासमा ठूलै परिवर्तन हो ।

ज्ञवालीकै नेतृत्वमा विद्यालय पुनर्निर्माण अन्तर्गत विभिन्न विद्यालयका १९२ कक्षा, ७७ शौचालय र ४२ थप कक्षा कोठा निर्माण भएका छन् । डुम्रे–सातमुरे–लुम्छाको सडक पुनर्निर्माणको काम सम्पन्न भएको छ ।

गुल्मीका लागि इतिहासकै दुःखद घटनाका रुपमा लिइने सत्यवती पहिरो पीडित परिवारको पुनस्र्थापना गर्नमात्र नभै एक हजार घरको खरको छाना विस्थापन गरेर ज्ञवालीले गुल्मीका जनताका लागि ठूलो गुन लगाउनु भएको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत १६ करोडको लगानीमा धेरै काम भएको छ भने हर्मिचौर र देउरालीसम्मको सडक पूर्वाधार निर्माणमा धेरै काम भएको छ ।

 

त्यसैगरी ज्ञवालीको प्रत्यक्ष सकृयतामा गुल्मीका ऐतिहासिक मन्दिर, मठ र पाटीपौवाको निर्माण, पुनर्निर्माण भएको छ । उदाहरणकै रुपमा सत्यवती, रुरुक्षेत्र लगायत धेरै मन्दिर, पाटी पौवा निर्माण भएका छन् ।

 

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long