काठमाडौँ उपत्यकामा यसरी हुँदैछ छठको तयारी ( फोटो फिचर )

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

काठमाडौँ । मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी काठमाडौँमा पनि शुरु भएको छ । गुह्येश्वरी र गौरीघाटमा छठी माताको पूजाका लागि छठ घाट निर्माणको काम भइरहेको छ । तिहार सकिएसँगै छठको तयारीमा सुरु भएको हो । चार दिनसम्म विशेष रुपमा मनाइने छठ पर्वको पहिलो दिन आज ‘नहाय–खाय’ विधिबाट सुरु भएको छ ।

 

‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ । कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछा मासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट पर्व सुरु गर्ने चलन छ । निरामिष (सात्त्विक) भोजन सुरु गरेर व्रत विधि सुरु हुने परम्परा छ ।

 

श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्त्व दिइने यस पर्वका पूजा, प्रसाद सामग्री ठकुवा, गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घिउमा बनाइने खास परिकार, भुसुवा, कसार र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ । यी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ ।

 

पर्वमा सूर्यलाई अर्घ्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो) सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long