एमालेसङ्ग एकताका लागि कुरा भइरहेको उपमहासचिव तुलाधरको खुलासा

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

काठमाडौ । नेकपा एमालेबाट अलग्गिएर बनेको नेकपा एकीकृत समाजबादी भित्र अहिले बिबाद देखा परेको छ।यो बिबादसङ्गै एमालेमा एकिकरणको कुरा पनि बाहिर आएको छ। पार्टीका सम्मानित नेता झलनाथ खनाल यो बिषयमा सकारात्मक रहे पनि अध्यक्ष माधव नेपाल भने अनिच्छुक देखिएको बताईन्छ।तर अधिक नेता कार्यकर्ता एमालेबाट फुट्नुको औचित्यपूर्ण पुष्टि हुन नसकेको र काङ्ग्रेस माओबादीको भरिया बन्नुभदा एमालेमै फर्किन दवाव दिइरहेको एक नेताले बताए।

एकीकृत समाजबादीका उप महासचिव डा. गङ्गालाल तुलाधर यो कुरालाई नकार्दैनन् । तुलाधरले एमालेसँग एकताका बिषयमा कुराकानी चलिरहेको बताउछन्।

उनले भने – राजनीतिमा कुनै पनि ढोका बन्द हुँदैन। हामीले सबैलाई खुला नै राखेको छौँ। एमालेसँग पनि कुरा भइरहेको छ। त्यसलाई निरन्तरता दिन सकिन्छ। त्यसको लागि केही निश्चित पूर्वशर्त छन्। एमालेले पालना गर्नुपर्छ।

कुराकानीका क्रममा तुलाधरले त्यही पूर्वशर्तका लागि अहिले अनौपचारिक रूपमा छलफल भइरहेको बताउदै त्यसले मूर्तरूप लिनभने अझै नसकेको जनाए । उनले भने -हामीले एमालेबाट विद्रोह गरेपछि त्यहाँको अवस्था अझै फेरिएको छैन। दुई-दुई पटक संसद् विघटन गरेको कुरा पनि छ। एमालेले पनि हामीलाई केही शर्त राख्ला। आशा गरौँ, त्यसो भएछ भने राम्रो हुन्छ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long