चिकित्सक भन्छन् – धेरै पसिना आए कोरोना जचाँउनुस्

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

काठमाडौ । चिकित्सकहरुले कोरोनाको चौथो लहर आइरहेको बताइरहदा कोरोना सक्रमितको संख्या ह्वात्तै बढिरहेको छ।चिकित्सकहरुका अनुसार धेरैजसो संक्रमितमा सामान्य घाँटी दुख्ने, खोकी लाग्ने, ज्वरो आउने, जिउँ दुख्नेजस्ता पुरानै लक्षण देखिने गरेकोमा पछिल्लो समय पसिना धेरै आउने समस्या पनि देखिएको छ ।

धेरै पसिना आउने समस्या हुदा पनि सावधानी अपनाउन शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रमुख कन्सलटेन्ट फिजिसियन डा.विमल शर्मा चालिसेले आग्रह गर्दछन ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दैनिक १०/१५ जना कोभिड १९ को जाँच गर्न जाने गरेकोमा अहिले त्यो संख्या बढेर दैनिक ७/८ सय पुगेकाले अर्को लहरका रुपमा हेर्न सकिने डा. चालिसे बताउछन् ।

उनी भन्छन्, ‘पछिल्लो समय कोभिडका बिरामी आउने र भर्ना हुने संख्या दैनिकजसो बढ्दो क्रममा छ । केही दिनयता अस्पतालको ओपीडी तथा इमर्जेन्सीमा कोभिडका बिरामीको संख्या दैनिकजसो बढ्दो क्रममा छ ।’

अस्पतालमा आएका बिरामीमध्ये लक्षण हेरेर कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिने बिरामीलाई ल्याबमा चेक गर्दा धेरैजसोमा कोरोना पोजेटिभ देखिने गरेको डा.शर्मा बताउँछन् ।

केही समयअघि कोभिडकै कारण भर्ना भएर बस्ने बिरामीको संख्या शून्यमा झरेको थियो । डा.शर्मा भन्छन्, ‘अहिले कोभिडकै कारण अस्पतालमा भर्ना भएर बस्नेको संख्या उल्लेख्य रुपमा बढेको छ । अहिलेका संक्रमितमा ओमिक्रोन कै सबभेरियन्ट अधिक देखिएको छ ।’

 

पहिले कोभिड भइसकेका मान्छे अथवा खोप लगाइसकेका व्यक्तिमा कम असर देखिएको र खोप नलगाएका अथवा पूरा मात्रा नलगाएकाहरूलाई यो भेरियन्टको बढी संक्रमण देखिएको र उनीहरूलाई भर्ना गर्नुपर्ने अवस्थासमेत आउने उनले बताए।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long