यसरी सम्मानित भए बाग्लुङका एसपी ज्ञवाली

 

बाग्लुङ । जिल्ला प्रहरी प्रमुख भएर आएपछि जिल्लामा शान्ति सुरक्षा कायम राख्न विभिन्न कार्य गरेर चर्चामा आएका जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवाली सम्मानित भएका छन् ।एसपी ज्ञवालीलाई यस अघि पनि उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै गण्डकी प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको थियो ।

गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचन स्वतन्त्र, निश्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन महत्त्वपूर्ण भूूमिका खेलेको भन्दै बाग्लुङका प्रमुुख जिल्ला अधिकारी रमेश ढकालले हालै प्रशंसापत्र प्रदान गरेर एसपी ज्ञवालीलाई सम्मान गरेका हुन्।

एसपी ज्ञवालीले स्थानीय तहको निर्वाचनमा आफू र मातहतका सकल दर्जाबाट शान्ति सुव्यवस्था कायम गर्न कुशलता एवं इमानदारितापूर्वक निर्वाह गरेको भूमिकाको उच्च मूल्यांकन गर्दै उनलाई सम्मान गरिएको प्रजिअ ढकालले बताए।