नुवाकोट केन्द्र भएको ५.३ रेक्टरस्केलको भूकम्पले हल्लायो काठमाडौ

 

काठमाडौं । आज बिहानै कतिपय उपत्यकाबासी मर्निङ वाक गरिरहदा र कतिपय ओछ्यानमै रहेको बेला एक्कासी नुवाकाेटमा भूकम्प गएको छ । बिहानको भुकम्पले २०७२ को भुकम्प सम्झाउने गरि काठमाडौ हल्लाएको थियो। बिहान ५:२६ मिनेटमा नुवाकोटको बेलकाेटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।

राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रका मुकुन्द भट्टराईले बताए अनुसार नुवाकोटको बेल्कोट केन्द्रबिन्दु बनाएर भुइँचालो गएको हो ।

यसअघि साउन १५ गते बिहान ८ : १३ बजे खाेटाङकाे साकेला गाउँपालिका-५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियाे।