ओलीले गठबन्धनको सरकारलाई दिए ट्याक्टरको संज्ञा

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार ट्रयाक्टर जस्तो भएको टिप्पणी गरेका छन् । ट्याक्टर बनाउने अनि हेलिकप्टर , प्लेन जस्तो उडोस भनेर हुन्छ – ओलीले भने।

एमाले उपत्यका विशेष प्रदेश कमिटीको रणनीति कार्यशालाको आज शुक्रबार उद्घाटन गर्दै अध्यक्ष ओलीले भने – ‘बनाउन हामीले ट्रयाक्टर बनाएका छौं, परिकल्पना चाहीँ हेलिकप्टर जस्तो गर्छौं, यो ट्रयाक्टर भुरुर उडेर पर गएर डाँडामा बस्दे हुन्थ्यो भन्छौं’, ओलीले भन्नुभयो ‘ट्रयाक्टर पनि थोत्रो, धुँवा फ्याँकने, अहिलेको जस्तो ट्रयाक्टरले देश बनाउँछ र ?’

अबको निर्वाचनमा एमालेले बहुमत ल्याउनुको बिकल्प नभएको उल्लेख गरे ।आफ्नो चाहना अनुसार काम गर्न दुई तिहाईको बहुमत चाहिने भए पनि अहिले इमान्दारिकाका साथ काम गरेर बहुमत प्राप्त गर्नेगरी काममा जुट्न कार्यकर्तालाई अध्यक्ष ओलीले निर्देशन दिए।