अहिलेसम्मकै उच्च : आज मात्रै कोरोना संक्रमित ९१२ एकको मृत्यु, निको हुने कम

काठमाडौं । नेपालमा कोरोना भाइरसको चौथो लहर तीव्र रुपले बढिरहेको बिज्ञहरुले बताईरहदा आज शुक्रबार ९१२ संक्रमित थपिएका छन् । जसमा पीसीआरबाट पत्ता लागेका ५२९ तथा एन्टिजेनबाट पत्ता लागेका ३८३ जना हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्र ३७० जना कोरोनामुक्त भएका छन् । थप एक जनाको मृत्यु भएको छ ।

अहिलेसम्म कोरोनाका सक्रिय संक्रमित बढेर ५ हजार ७६० पुगेका छन् । अहिलेसम्म कोरोनाबाट ११ हजार ९७० जनाको मृत्यु भइसकेको छ । पीसीआरबाट ९ लाख ८९ हजार ३५० जना तथा एन्टिजेनबाट १ लाख ४४ हजार १७५ जना संक्रमित भएका छन् ।

शुक्रबार थपिएका संक्रमितमा पीसीआरका मात्र गन्दा काठमाडौंका ३२१, ललितपुरका ५४ तथा भक्तपुरका १५ जना बएको मन्त्रालयले जनाएको छ ।

उपत्यकामा सक्रिय संक्रमितको पारो पनि बढेको छ । काठमाडौंमा ३ हजार १६९, ललितपुरमा ७४५ तथा भक्तपुरमा ९४ पुगेका छन् ।

आईसीयूमा रहने बिरामीको संख्यामा पनि वृद्धि भएको छ । हाल ४२ जना आईसीयूमा छन् । जसमा बागमती प्रदेशका मात्र ३४ जना हुन् । त्यस्तै दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।