किन फेरिए प्रचण्डका सुरक्षा कमान्डर ?

 

काठमाडौं ।सुरक्षा थ्रेट बढेको भनिरहेकै बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका सुरक्षा कमान्डरको हेराफेरी भएको छ।हेराफेरी हुनुको कारण प्रचण्डको सुरक्षा कमान्डरको बढुवा भएपछि उनको बदलीमा नयाँ कमान्डर आएका हुन।

प्रचण्डको सुरक्षामा नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमान्डमा सुरक्षा टोलि खटाउदै आएको छ ।

यसअघि प्रचण्डको सुरक्षाको कमान्ड गरिरहेका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशराज सुवेदी प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएपछि उनको ठाउँमा नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेलाई खटाएको हो ।

माओबादी अध्यक्ष प्रचण्डको सुरक्षा गर्ने कमान्डरको जिम्मेवारी लिएका डीएसपी न्यौपाने जिल्ला प्रहरी कार्यालय कालिकोटको प्रमुख थिए।