काटकुट पारेपछि आधा दर्जन सचिवको सरुवा आज टुंगीयो

काठमाडौ ।हिजोको मन्त्रिपरिषद बैठकमा सचिव सरुवाबारे मोटामोटी छलफल भएपनि आजमात्र सरुवाको टुङ्गो लागेको छ।क्याबिनेटमा छलफल भएका केही सचिवहरुको नाममा फेरबदल भएको बताईएको छ ।अर्थ र पर्यटन मन्त्रालयको सचिवका लागि धेरै लफडा भएपछि दुई मन्त्रालय हाललाई रिक्त राखिएको श्रोतले बताएको छ।

सरुवा भएका सचिबहरुमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादव प्रसाद कोइरालाको राष्ट्रपति कार्यालयमा सरुवा गरेको छ भने राष्ट्रपति कार्यालयका सचिव डा. तोयनारायण ज्ञवालीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । उद्योगका अर्जुन प्रसाद पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा पुगेका छन ।

यसैगरी चर्चित अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव हरि मैनाली उपराष्ट्रपतिको कार्यालय, लुम्बिनी प्रदेशको प्रमुख सचिव डिल्लीराम शर्मालाई महिलामा सरुवा गरिएको छ ।

हिजो बिहीबार मात्रै बढुवा भएका डा. दीपक काफ्लेलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ भने बिन्दु विष्टको महालेखा परीक्षकको कार्यालयमा पदस्थापन भएको छ ।