माधव नेपालले राजनीतिबाट सन्यास लिने !

काठमाडौ । नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव नेपालले अबको पाँच बर्षपछि राजनीतिबाट सन्यास लिने बताएका छन् ।अध्यक्ष नेपालले यो चुनावमा आफ्नो उठ्ने रुचि नभएको खुलसा गर्दै नउठ्दा माधव नेपाल डरायो भन्लान् भनेर उम्मेदवारी दिने निष्कर्षमा पुगेको बताए।

राजधानीमा एक पुस्तकको बिमोचन गर्दै नेपालले भने – ७० वर्षमै छोडौं कि भनेको परिस्थितिले दिएको छैन’, उनले भने, ‘आज मात्रै चुनाव घोषणा भएको छ । यसपटकको चुनाव त लड्नैपर्छ, जित्नैपर्छ । नउठ्ने हो भने माधव नेपाल डराएछ कि भन्ने पर्छ । सामना गरेर, चुनावमा उठेर, विजयको ढोका बजाएर तपाईहरुको बीचमा मैले फेरि आउनुपर्नेछ।