झलनाथ भन्छन – सुरेन्द्र गोकर्ण आए, ईलामको चिया पियर गए

 

काठमाडौ ।अहिले बजारमा अनेक हल्ला चल्ने गरेका छन् , बिशेषगरी बामपंथी सहकार्य ।त्यसमा पनि मुलतः एमाले र एकीकृत समाजबादी एकताका बारेमा।

खासमा कुरा काङ्ग्रेस र माओबादीसङ्ग एकीकृत समाजबादीका सम्मानित नेता झलनाथ खनालको पटक्कै मेल खस्न छाडेछ।खनाल त्यता काङ्ग्रेस र माओवादीसङ्गको मोह भङ्ग भएपछि बरु माउपार्टी जहाँ आफुले पनि खुन पसिना बगाइयो त्यही एमालेतिरै मन फर्काएको कुरा बाहिर आउन थाल्यो।

त्यसपछि ट्र्याक टु बाट टेलिफोन संवाद शुरु भएको रहेछ।यसै क्रममा एमाले नेताहरूले झलनाथसँग एकता वार्ताको कुरा अघि बढेको रहेछ। जुन कुरा एकीकृत समाजबादीका अध्यक्ष माधव नेपालको कानमा पनि पुगेछ र नेपाल मार्फत देउवा तथा प्रचण्ड कहाँ पनि। अनि तीनै जनाले खनाललाई मसार्न थालेछन।

यही बीचमा खनाल एमालेको अध्यक्ष हुँदा उनकै निकै निकट भनिने र ऊनीमार्फत तर चाटेका एमाकेका सुरेन्द्र पाण्डे र गोकर्ण बिष्ट खनालालाई भेट्न खनाल निवास डल्लु पुगे।जुनकुरा खनालले आफू निकटलाई बताउने गर्छन अहिले। डल्लुस्थित आफ्नो निवासमा निकटहरुसङ्ग खनालले बताए अनुसार सुरेन्द्र र गोकर्ण आएको उनीहरूले आफ्नो कुरा मज्जैले भनेको बताउदै केही उत्साहजनक कुरा भएपनि निष्कर्ष उन्मुख नभएको सुनाएका छन। निकटहरुसङ्ग खनालले हास्दै भने – सुरेन्द्र गोकर्ण आएका थिए, मैले मेरै कुरा सुनाएँ, चिया पिएर गए !’

खनालका अनुसार ती दुई भाइले ‘कांग्रेसलाई जिताउनुभन्दा हामी नै मिलौँ न । किन बेकारमा कांग्रेस, माओवादी बोकेर हिँड्नुहुन्छ ?’ भनेका थिए। झलनाथले जवाफमा, ‘केपीले संसद् विघटन, पार्टी विभाजन, नेकपाको एकता भंग मेरै कारण भएको हो, समाजवादी कार्यक्रम ल्याएर सरकार चलाउन सकिन भन्नुहुन्छ त?’ ल, यी कुरामा उहाँलाई तयार पारेर आउनुस्, त्यसपछि पार्टी टु पार्टी कुरा हुन्छ ।’

खनाल आफुले राखेको कुराप्रति ती दुइभाईले आफुहरुको पनि यी कुरामा असहमति नरहेको तर जस्ताको तस्तै भन्न पनि नसकिने भन्दै आफुहरुको मनको बह पनि त्यस बखत पोखेको बताए।
त्यसपछि दुबै पार्टीमा केही लचिलोपन देखा परेको र गाली गलौज कम भएको उल्लेख गर्दै खनालले यस्मा आफ्नो योगदान रहेको पनि बताए।