प्रचण्डलाई योगेशको जवाफ

काठमाडौ । आज माओबादी अध्यक्ष प्रचण्डके एक कार्यक्रममा लास्ट ईनिङ गर्दै एकपटक प्रधानमन्त्री बन्ने ईच्छा भएको बताएपछि एमाले नेता योगेश भट्टराईले जवाफ दिएका छन् ।

एमाले सचिब भट्टराईले सामाजिक संजालमार्फत अब प्रधानमन्त्रीको सपना होइन अरुलाई अघि बढाउन आग्रह गरेका छन् ।उनले मैदानमा गएर खेल खेल्ने होइन , पेभेलियनमा बसेर खेलाडीको हौसला बढाउन आग्रह गरेका छन् ।

आज शनिबार पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेका थिए -, ‘विकास, सुशासन, समृद्धि यसरी हुन्छ भनेर देखाउनुछ । मलाई भन्नुहुन्छ भने यो मेरो लास्ट इनिङ होस् । यो लास्ट इनिङ पछिसम्म सम्झने गरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु ।’