यसरी दिईयो पूर्व अर्थमन्त्री शर्मालाई ‘क्लिन चिट्'(पूर्ण पाठ सहित)

 

काठमाडौ । आ.ब.२०७९ -८० को बजेट बनाउने क्रममा मन्त्रालयमा अनधिकृत व्यक्तिलाई छिराएर कर दरमा हेरफेर गरेको विषय यत्तिकै सेलाउने भएको छ । अर्थमन्त्री शर्मालाई बचाउदै आज छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले प्रतिवेदन संसदमा पेश गरेको छ।

समिति संयोजक लक्ष्मणलाल कर्णले शुक्रबार प्रतिनिधि सभा बैठकमा उक्त प्रतिवेदन पेश गरेका हुन्।

प्रतिवेदन संसदमा पेश गर्नुअघि सभामुख अग्निप्रसाद सापकोटालाई हस्तान्तरण पनि गरिएको थियो।
अनधिकृत व्यक्तिले करका दर हेरफेरको आरोप लागेपछि अर्थमन्त्री शर्माले असार २२ मा पदबाट राजीनामा दिएका थिए।

समितिले बजेट भाषणको अघिल्लो दिन अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा गएको पुष्टि नभएको निष्कर्ष निकालेको छ।
हेर्नुहोस प्रतिवेदनको पूर्ण पाठ:

Samiti-pratibedan-2079