प्रमुख बनेर आएपछि बाग्लुङमा एसपी ज्ञवालीको सिंघम शेैली

बाग्लुङ । अहिले बाग्लुङ प्रहरी अपराध नियन्त्रण , नदी दोहन र अबैध गिटी बालुवा उत्खनन नियन्त्रण जस्ता बिषयमा आक्रामक ढङ्गले लागेको छ।प्रहरिको यो सक्रियतालाई बाग्लुङबासीले स्याबासी दिईरहेका छन् । प्रहरी उपरीक्षक (एसपी ) दयानिधी ज्ञवाली जिल्ला प्रमुख बनेर आएपछि प्रहरीले सक्रियता बढाएको हो।जिल्ला प्रहरी प्रमुख बनेर आउनासाथ अपराध नियन्त्रणमा आक्रमक ढंगले अघि बढेका एसपी ज्ञवालीले यहाँ आएको पाँच महिनामा धेरै काम गरेर देखाएका छन।

प्रहरी भित्र व्यावसायिक र निर्भीक अफिसरको छबि बनाएका एसपी ज्ञवालीले गरेको कामले गर्दा जनस्तरमा त प्रसंशा पाएकै छन।साथै गण्डकी प्रदेश प्रहरी कार्यालयबाट समेत पुरस्कृत भएका छन।ज्ञवालिको नेतृत्वमा धेरै काम भएका छ्न।

प्रहरीले हालै मात्र सुन चोरीको आरोपमा ढोरपाटन नगरपालिका–५ मस्तीबाट ३१ वर्षीय बोमबहादुर घर्ती ‘जित’ र टेकबहादुर बिकलाई पक्राउ गरेको छ।

त्यस्तै बागलुङ प्रहरीले गोप्य सूचनाका आधारमा नक्कली डाक्टर बनेर किर्ते काम गर्ने धादिङको धादिङबेशी नगरपालिका–५ बस्ने २७ वर्षीय राम अर्याल र नवलपुरको कावासोती नगरपालिका–९ बस्ने २१ वर्षीय गणेश भण्डारीलाई नियन्त्रणमा लिई कारबाही अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय, बाग्लुङबाट खटिएको टोलीले चिप्लेटी बसपार्कबाट फेनरागन ९०५ एम्पुल, डाईजेपाम ९२४ एम्पुल र नुर्फिन ९१७ एम्पुल गरी २७४६ एम्पुल लागूऔषध बरामद गरेको हो।

यसैगरी प्रहरीले ठूलो परिमाणमा औषधिजन्य लागूऔषध बरामद गरेको छ । बुटबलबाट बाग्लुङतर्फ आउँदै गरेको लु २ ख ५३१६ नम्बरको बसबाट लागूऔषध बरामद भएको हो ।साथै जिल्ला प्रहरी कार्यालय बागलुङले गाँजाको धुलोसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ५ का ५० वर्षीय गिरीप्रसाद पुनलाई प्रहरीले २ केजी गाँजाको धुलो र धुलो बनाउन प्रयोग हुने २ थान मेसिनसहित पक्राउ गरेको हो ।

बाग्लुङ प्रहरीले विभिन्न कसूरमा कैद, दण्ड, जरिवाना तोकिएर फरार रहेका ब्यक्तिलाई नियन्त्रणमा लिने कार्यलाई पनि तीब्रता दिएको छ।यस क्रममा २० जना फरार अपराधीहरू पक्राउ परेका छन् ।

फरार अभियुक्तहरूको कुल ६ वर्ष ११ महिना १९ दिन र कुल जरिवाना रकम रु.५ लाख १२ हजार ४५ रुपियाँ लगत कट्टाको लागि जिल्ला अदालत बागलुङमा पठाईसकेको जिल्ला प्रहरी कार्यालयको फेसबुक पेजमा राखिएको छ।

केही अघि जिल्ला प्रहरी कार्यालय बागलुङले प्यूठान घर भएकी देवी केसीलाई २५० किलो सुनाखरी जडीबुटीसहित पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय बागलुङले अपराध नियन्त्रणका क्रममा विभिन्न बहानामा आतंक सिर्जना गर्ने गुण्डाहारुलाई पनि नियन्त्रणमा लिदै आएको छ। बाग्लुङको ग्वालिचौरमा अमेरिकन पेस्तोल, त्यसको म्यागजिन र ४ राउण्ड गोलीसहित ४० वर्षीय श्यामबहादुर रेश्मीलाई  प्रहरीले रंगेहात पक्राउ गर्न सफल भएको छ ।

यति मात्र होईन प्रहरीले बागलुङ जिल्लामा कौडा खेल्ने समूहका ८ जनालाई नगदसहित पक्राउ गरेको पनि जनाएको छ।

नेपाल सरकारको मन्त्रिपरिषद निर्णय अनुसार जिल्ला प्रहरी कार्यालय बागलुङले चार वटा प्रहरी चौकीहरू स्थापना गरेको छ ।यसबाट प्रहरीको मनोबल उठेको छ भने जनमानसमा सुरक्षाको प्रत्याभूती भएको स्थानीय जनप्रतिनिधि बताउछन् ।बागलुङमा साढे २ वर्षदेखि हुन नसकेको काम एसपी ज्ञवाली जिल्ला प्रमुख बनेर आएको महिनादिन बित्न नपाउदै फत्ते गरेका हुन् ।

लागुऔषध दुर्व्यसनी तथा जुवातासजस्ता सामाजिक अपराध न्यूनीकरणमा प्रहरीले सक्रियता बढाएको छ ।पछिल्लो समय सामाजिक अपराध न्यूनीकरणमा जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको हो । विगत तीन दिनको अवधिमा प्रहरीले १२२ एम्पुल लागुऔषध, ३७ हजार नगदसहित चार जनालाई पक्राउ गरेको छ भने अवैध नदी दोहन गर्ने , अबैध गिट्टी ढुङ्गा बालुवा उत्खनन गर्नेहरु माथी पनि कारबाही अघि बढाएको छ।यसक्रममा दर्जनौं ट्र्याक्टर लगायत्का सवारी साधनलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाग्लुङले चोरहरूको ‘नाइके’लाई पक्राउ गरेको छ ।बाग्लुङ नगरपालिका– ३ मुल्पानीका वर्ष १८ का कुनाल बोहराको निर्देशनमा दुई जना किशोरहरूलाई प्रयोग गरेर चोरी गराउँदै आएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय बाग्लुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी बागलुङ जिल्लाको स्थानीय निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरेको भन्दै प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली पुरस्कृत भएका छन् ।

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत बागलुङ जिल्लाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष भयरहित वातावरणमा सफलता पूर्वक सम्पन्न गर्न अहोरात्र खटिई कुशलता एवं इमान्दारितापूर्वक कार्य सम्पादन गरेकाले तालुक गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराबाट ज्ञवालीलाई पुरस्कृत गरिएको हो ।

बाग्लुङ जिल्ला प्रहरी प्रमुख एसपी ज्ञवालीले जनस्तरबाट सहयोग र सबै प्रहरी कर्मचारीको सामुहिक प्रयासले बाग्लुङ प्रहरीले प्रभावकारी ढंगले कार्यसम्पादन गर्न सफल भइरहेको प्रतिक्रिया दिए।एसपी ज्ञवालीले आफुले यसको नेतृत्व गरेपनि सबैको मिहेनत र प्रयासका साथै प्रमुख जिल्ला अधिकारीको प्रेरणादायी निर्देशनले परिणाम हासिल गर्न संभव भएको बताउछन।साथै जिल्लाका नागरिक समाज, उद्योगी व्यावसायी, राजनीतिक दल, स्थानीय जनप्रतिनिधि सबैको साथ सहयोगले जिल्लामा शान्ति सुरक्षा अमनचयन कायम गर्न सकिने बताए।बाग्लुङ प्रहरीले एकातिर जिल्लामा शान्ति सुरक्षा अमनचयन कायम राख्न लागि परेको छ भने अर्काेतिर अपाराधी नियन्त्रणमा आक्रमक शैलीमा उत्रेको छ।साथै अपराध र आपराधिक कार्य हुन नदिन विभिन्न जनचेतनामुलक कार्य गर्दै आएको छ।यसक्रममा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतना ,सरसफाइ ,नागरिकमैत्री सेवा,मानव अधिकारको रक्षा ,प्रहरी बिशेष अनुशिक्षण जस्ता कार्य संचालन गर्दै आएको छ।