पानी नपर्दा देशभर कम रोपाइँ ,यस्तो छ बुधबार सम्मको मौसम

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं । किसानले खेत रोपाई गर्ने बेलामा पानी नपरेपछी किसानहरु चिन्तित भएका छन।खेत रोपाई गर्ने बेला पानी पर्नुको साटो टन्टलापुर घाम लागेको छ।तर अब पानी पर्ने मौसमबिदहरुले बताएका छन।
मौसमबिदहरुका अनुसार भोलि मंगलबार र पर्सि बुधबार देशका विभिन्न स्थानमा पानी पर्नेछ।मौसमबिदका अनुसार प्रदेश १, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
सोमबार देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मङ्गलवार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।
मंगलबार भने मनसुन केही सक्रिय भएर देशका विभिन्न क्षेत्रमा वर्षा हुनसक्ने ठानिएको छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मंगलबार वर्षाको सम्भावना छ ।

मंगलबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।

बुधबार देशका पहाडी भू(भागका धेरै स्थान र अन्य भूभागका केही स्थानमा वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थानमा भारी वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ ।

पानी नपर्दा देशभर रोपाइँ प्रभावित
६५ प्रतिशत क्षेत्रफलमा रोपाइँ
असारको अन्तिममा आएर पानी पर्न छोडेपछि त्यसको असर मधेश र एक नम्बर प्रदेशको धान रोपाइँमा परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार धान खेतीको हब मानिने क्षेत्रमै गत वर्ष भन्दा ११ प्रतिशत कम क्षेत्रफलमा रोपाइँ भएको छ ।

असारको अन्तिममा आएर पानी पर्न छोडेपछि त्यसको असर मधेश र एक नम्बरको धान रोपाइँमा परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार धान खेतीको हब मानिने क्षेत्रमै कम मात्रामा रोपाइँ हुँदा यस वर्ष असारमा गत वर्ष भन्दा ११ प्रतिशत कम मात्रामा रोपाइँ भएको छ ।

३२ असारसम्म देशभर कुल ९ लाख ७० हजार ४८४ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । जुन कुल रोपाइँ हुने क्षेत्रफलको ६५ प्रतिशत हो । गत वर्ष यो अवधिमा ११ लाख २२ हजार ८०७ हेक्टर क्षेत्रफल (७६ प्रतिशत) मा रोपाइँ भएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए ।उनले यसवर्ष कम मात्रामा रोपाइँ भएको बताउदै यसको मुख्य कारण मनसुन ब्रेकले गर्दा भएको उल्लेख गरे।प्रवक्ता सञ्जेलले भने, ‘यसको असर प्रदेश एक र मधेश प्रदेशमा परेको छ । मंगलबारसम्ममा मनसुन सक्रिय हुने अनुमान गरिएको छ ।’

कृषि विभागकाअनुसार असार मसान्तसम्म मधेश प्रदेशमा ५७ र प्रदेश एकमा ४९ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । जबकी यी क्षेत्रमा गत वर्ष यस अवधिमा क्रमश ६९ र ६४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको विभागका उपसचिव महानन्द जोशीले बताए । प्रदेश एकमा ३ लाख ४० हजार ८२९ हेक्टर र मधेश प्रदेशमा ४ लाख ५ हजार ४५० हेक्टर रोपाइँ योग्य जमिन छ ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long