१०५ बर्षिय बृद्ध भकारी बुन्दै !

काठमाडौ। झट्ट सुन्दा अनौठो लाग्न सक्छ १०५ बर्षिय बृद्धले यसरी काम गर्छन् भनेर। तर म्याग्दिको धवलागिरि गाउपालिका – ४ का पवबहादुर पुर्जाले यो उमेरमा पनि बासबाट बन्ने घरायसी सामानहरू बनाउदै आएका छन्।

सामान्यतया नेपालीको अौषत आयु ६९/७० बर्ष रहेको अबस्थामा पुर्जाले यसरी काम गर्नु आफैमा अनौठो हो।

यतिमात्र कहाँ हो र उनले आफुले बनाउदै आएका सामानको लागि आबस्यक पर्ने बाँस तथा निगालो पनि जंगलमा गएर आफै संकलन गर्दै आएका छन्।