nepal telicom

भारतीय फेसन डिजाइनर प्रत्युषा मृत फेला

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

 

 

एजेन्सी । भारतीय फेसन डिजाइनर प्रत्युषा गरिमेला मृत भेटिएकी भारतीय प्रहरीले जनाएको छ ।
प्रत्युषाको शव तेलंगनाको बञ्जारा हिल्समा रहेको घरमा भेटिएको छ। प्रहरीका अनुसार ३५ वर्षीया अभिनेत्री सुत्ने कोठामा कार्बन मोनोअक्साइड सिलिण्डर भेटिएको छ। प्रहरीले यसलाई शंकास्पद मृत्यु भन्दै उजुरी दर्ता गराएको छ।

उनको शवलाई पोस्टमार्टमका लागि उस्मानिया अस्पतालमा लगिएको छ। चिकित्सकका अनुसार प्रत्यूषाले मृत्युअघि कार्बन मोनोअक्साइड सुँघेकी थिइन् । उनी लामो समयदेखि डिप्रेसनसँग जुधिरहेकी थिइन्।

प्रहरीलाई यो घटनाको जानकारी प्रत्यूषाका सुरक्षाकर्मीले दिएका थिए। सुरक्षाकर्मीले प्रत्युषालाई बोलाउदा उनले कुनै जनाउ नदिएपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी त्यहाँ पुगेर उनको कोठाको ढोका फोडेको थियो । मृत भेटिएपछि प्रहरीले तुरुन्तै प्रत्युषाका परिवार र साथीभाईलाई उनको निधनको बारेमा जानकारी दिएको थियो।

प्रत्युषाले अमेरिकाबाट फेसन डिजाइनिङ पढेकी थिइन्। त्यसपछि उनले हैदराबादमा फेसन डिजाइनरका रुपमा करियर सुरु गरिन्। उनले सन् २०१३ मा आफ्नो नामको एक लेबल पनि सुरु गरेकी थिइन्।

उनले बलिउड र टलिउडका माधुरी दिक्षित, रवीना तण्डन, काजोल, परिणतीति चोपडा, हुमा कुरैशी, श्रीया सरन, काजल अग्रवाल, जूही चावला, गौहर खान, नेहा धुपिया, भूमि पेडनेकरलगायतका सेलिब्रेटीको पहिरन डिजाइन गरिसकेकी छन्।

adb bank long