एक करोड असी लाख राज्यकोषको रकम झ्वाम पार्ने उमेदवारहरूको भागाभाग

गुल्मी।युवाहरुका लागि आएको राज्यकोषको करिव दुई करोड  रुपैयाँ खल्तिमा हालेर भ्रष्टाचार गर्ने र सहकारीका नाममा जनताबाट उठाएको लाखौ रकम झ्वाम पार्ने उम्मेदवारको भागाभाग भएको छ।राज्यकोष र जनताबाट उठाएको रकम झ्वाम पार्ने उम्मेदवारहरु नेकपा माओबादी केन्द्रका नेताहरु हुन। माओबादिका नेता तथा मालिका गाउँपालिका अध्यक्ष पदका उम्मेदवार देबिराम अर्यालले भ्रस्टाचारीहरुलाई संरक्षण गरेको भन्दै मतदाता माझ चर्को बिरोध भएको छ।उम्मेदवार अर्याललाई मतदाताले असन्तुष्टि व्यक्त गर्दै आफ्नो रकम फिर्ता गर्न माग गरेपछी उनी भागेका छन् ।

गुल्मीमा शहकारीको रकम हिनामिना गरेर घरजग्गा रोक्का गरिएको व्यक्ति नै स्थानीय तहको उम्मेदवार बनेपछि उनिहरूको पर्दापास भएको हो । गुल्मी जिल्ला सिमलटारी स्थित मधुवन बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीले रकम हिनामिना गरेका  हुन् ।

बेगमचन्द बोहोरा (मनोज) मधुवन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् । उनि मदाने गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनेका छन् ।
सूर्य बहादुर बुढा उपाध्यक्ष हुन् । उनि मालिका गाउँपालिका वडानम्बर–७ को वडासदस्यमा उम्मेदवार बनेका छन् । त्यस्तै संस्थाका सचिव ज्ञानकुमार बुढा मालिका गाउँपालिकाको वडानम्बर–३ को वडाअध्यक्ष पदमा उम्मेदवार बनेका छन् ।
संस्थाका कोषाध्यक्ष समेत रहेका सूर्यबहादुर जिसी मालिका गाउँपालिकाको वडानम्बर–८ को वडाअध्यक्ष पदमा उम्मेदवार बनेका छन् । यी व्यक्तिहरुले मधुवन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको भन्दै युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयले सम्पती समेत रोक्का गरेको छ ।

रोक्का पत्रमा उल्लेख
कार्यक्षेत्र भित्र बसोबास गरेका बेरोजगार युवालाई विना धितो अधिकतम रु।२ लाख सम्म कर्जा लगानी गरी स्वरोजगार बनाउने उद्देश्यले गुल्मी जिल्ला सिमलटारी स्थित मधुवन बचत तथा ऋण सहकारी संस्थाको मिति २०६८।०८।०७ मा रु। ३,००,००,०००÷– ९अक्षरेपी तीन करोड कर्जा सम्झौता गरी सम्झौता बमोजिमको पहिलो र दोस्रो किस्ता गरी रु। १,८०,००,०००÷– ९अक्षरेपी एक करोड असिलाख कर्जा प्रवाह भएको थियो ।
उक्त रकम सम्झौता बमोजिम लक्षित वर्गमा लगानी गरी समयमा असुली गरी कोषलाई त्रैमासिक रुपमा किस्ता तथा साँबा भुक्तानी गर्नु पर्नेमा सो बमोजिम नबुझाई बाँकी राखेकोले असूल उपर गर्नका लागि पटक–पटक मौखिक एवम् लिखित रुपमा तर ताकेता गर्दा समेत कोषको  ताकेता तथा पत्रलाई बेवास्ता गरी २०७३ असोज मसान्त सम्म कोषलाई बुझाउनु पर्ने साँवा रु।५३,५५,२९१।६९÷– र व्याज रु। १,८४,८६७६।६० गरी जम्मा रु। ५५,४०,१५९।२९ कोषमा उपलब्ध हुन बाँकी देखिन्छ ।
कोषको रकम समयमा नतिरी नबुझाई बाँकी राखेको अवस्थामा कोष र सहकारी संस्था बीच भएको सम्झौता, कोषको लगानी निर्देशिका २०६९, कोषको संचालक समितिको २०७२÷११÷२३ को ३३ औ बैठकको निर्णय र कोषको २०७३÷०६÷२१ को निर्णय अनुसार संस्थाका पदाधिकारी सदस्य एवम् निजका एकाघर परिवारका सदस्यहरुका नाममा भएका चल अचल सम्पत्तिः घर, जग्गा जमिन बाट नेपाल सरकारको धन (राजश्व रकम) मासे सरह कानूनी कारवाही गरी असूल उपर गर्ने व्यवस्था भएको हुँदा सहकारी संस्थाले कोषलाई बुझाउनु पर्ने रु। ५५,४०,१५९,२९÷– र भोली भविष्यमा भरि भराउ हुँदाका अन्तिम मिति सम्मको सम्पूर्ण रकम असूल उपर नहुँदा सम्मको लागि कोषको रकम सुरक्षित गर्नका लागि यसै पत्रसाथ संलग्न अनुसूची १ मा दिईएका तहाँ जिल्ला अन्तरगतका सञ्चालक समितिका पदाधिकारी तथा सदस्य एवम् निजहरुका एकाघर परिवारका सदस्यहरुको नाममा भएका घर, जग्गा जमिन पत्ता लगाई बेचविखन, हक हस्तान्तरण र दान दातव्य समेत गर्न नपाउने गरी रोक्का राखी सो को जानकारी दिनुहुन निर्देशानुसार अनुरोध गरिन्छ ।
यदि यस अघि अनुसूची १ मा दिईएका सञ्चालक समितिका पदाधिकारी तथा सदस्य एवम् निजहरुका एकाघरपरिवारका सदस्यहरुका नाममा भएका घर, जग्गा जमिन कही कतैबाट रोक्का रहेको भएमा समेत फुकुवा हुनासाथ यसै पत्रद्वारा स्वतः रोक्का गरी दिनु हुनको लागि समेत निर्देशानुसार हुने पत्रमा उल्लेख गरेको छ ।

यसरी शहकारीको रकम हिनामिना गरेका उम्मेदवारका व्यक्तिहरु मतमाग्न मतदाताकहाँ पुग्दा उल्टै प्रश्न गर्ने गरेका छन् । शहकारीमा आबद्ध रहेका सदस्यहरुले प्रतिब्यक्ती १ हजारका दरले रकम समेत संकलन गरेका थिए ।
तर त्यो रकमको पनि अहिलेसम्म हिसाब किताव हुन सकेको छैन् । जसले गर्दा रकम जम्मा गरेका सदस्यहरु चिन्तामा रहेका छन् । रकम हिनामिना गरेकै कारणले उम्मेदवारहरु मतदाताकहा खुलेर मत माग्न सकिरहेका छैन् ।
भने मतदाताले समेत यस्ता जनप्रतिनिधीहरुबाट कस्तो कामको अपेक्षा गर्न सकिन्छ भनेर उल्टै प्रश्न गर्ने गरेका छन् । यता जिल्ला प्रशासन कार्यालय गुल्मीले ती शहकारीका पदाधिकारीले छिट्टै रकम तिर्ने बचन दिएको बताएको छ ।