एमालेका अध्यक्ष ओली झापामा, एकैपटक ६ वटा कार्यक्रमलाई सम्बोधन गर्दै

काठमाडौ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले झापा पुगेका छन् । उनी एक्कासी झापा पुगेका ओलीले ६ वटा कार्यक्रमलाई सम्बोधन गर्ने कायर्क्रम रहेको छ । ओली हिजो साँझ झापा पुगेका  हुन्।

चुनाव प्रचारको अन्तिम दिन ओलीले मोरङ, झापा र काठमाडौंका ६ वटा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ।

ओलीले आज बिहान ८ बजे मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।

त्यसपछि झापाको गौरीगञ्ज, दमक, कमल र गौरादह नगरपालिकामा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ।