व्यक्ति हत्याको धम्की दिने मन्त्री रेणु यादवलाई बर्खास्त गर्न नागरिक अगुवाको माग

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । व्यक्ति हत्याको धम्की दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई नागरिक अगुवाहरूले बर्खास्त गर्न माग गरेका छन् ।

शुक्रबार डा. केदानरनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितले संयुक्त वक्तव्य जारी गर्दै मन्त्री यादवले व्यक्ति हत्या र सामाजिक हिँसा फैलाउने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् ।

मन्त्री यादवको अभिव्यक्तिले गौर हत्याकाण्डमा उनको दलको सहभागिता भएको स्वीकारोक्ति सार्वजनिक गरेको भन्दै उनीहरुले भनेका छन्, ‘बहालवाला मन्त्रीले व्यक्ति हत्याको धम्की दिनु र विगतका हत्याकाण्डमा सामेल भएको विषयलाई गर्वका साथ स्वामित्व लिनु मुलुकमा जारी दण्डहीनताको प्रतिफल हो ।’

उनीहरुले मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गरी कानुनी कारबाहीको दायरामा ल्याउन हामी प्रधानमन्त्री देउवा समक्ष माग गरेका छन् ।
केही दिनअघि बलिदानी दिवस मनाउन गौर पुगेकी जसपा नेता समेत रहेका मन्त्री यादवले सम्बोधनका क्रममा भनेकी थिइन्, ‘राइस मिल अहिले पनि जीवित छ, गौरमा फणा देखाउने प्रयास नगर । लाठी भाँच्न यहाँका मानिसले जानेका छन् ।’

यस्तै उनले ‘तुफानसँग टकराउने प्रयास गर्यो भने तपाईको त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो । म डाक्टर साब (सिके राउत) लाई भन्छु, त्यो इतिहास नभुलुन् । नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, घेराबन्दी गरेर मारिदिन्छन्, सतर्क रहनुस्’ भनेकी थिइन । मन्त्री यादवको उक्त अभिव्यक्तिको अहिले चौतर्फी आलोचना भइरहेको छ ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long