एकैदिन ५०८७ जनामा संक्रमण पुष्टि !

ठमाडौ। नेपालमा कोरोना संक्रमितको संख्या झन बढिरहेको छ । आज (शुक्रबार) एकैदिन ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको १३ हजार ४७४ पिसिआर परीक्षणका क्रममा ४ हजार २०४ जना र ७ हजार ८६५ एन्टिजेन परीक्षणका क्रममा ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६१३ जनाको मृत्यु भएको छ ।

त्यस्तै, थप ३०६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १५ हजार ६५३ जना निको भएका छन् । हाल नेपालमा १८ हजार २३५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।No photo description available.