काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई कालोमोसो

काठमाडौ । काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन्। शर्मालाई सिंहदरवारमै माधव नेपाल नेतृत्वको पार्टी एकीकृत नेकपा समाजवादी पार्टीको भातृसंस्था अनेरास्वविूका विद्यार्थीहरुले कालोमोसो दलेका हुन्।

कालोमोसो दल्नुअघि उनी शिक्षामन्त्रीले आयोजना गरेको छलफलमा सहभागी भएका थिए। अतिरिक्त शुल्क विवादमा विद्यार्थीहरु आन्दोलित बनेपछि मन्त्रालयले उनलाई छलफलका लागि डाकेको थियो।

छलफलका क्रममा शर्माले छात्रावास शुल्क महँगो नलिएको स्पष्ट पारेका थिए। ‘हामीले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिन्छौं भनेका छैनौं। त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको शिक्षण शुल्क एउटै होस् भन्ने हाम्रो माग हो,ु उनले भनेका छन्। चिकित्सा शिक्षा ऐनमा छात्राबास उल्लेख नभए पनि नेपाल मेडिकल काउन्सिलको निर्देशिकामा छात्राबासको कुरा उल्लेख भएको उनले बताएका थिए।