युवा नेता लामाले वितरण गरे न्यानो कपडा

चितवन । नेकपा एमालेका युवा नेता तथा समाजसेवी विश्वशान्त लामाले चितवनको राप्ती नगरपालिकाका वडा नं. ६ धमौरामा ९३ थान न्यानो कपडा वितरण गरेका छन् । राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य समेत रहेका लामाको संयोजकत्वमा उक्त परिणामको कपडा वितरण गरिएको हो । राप्ती नगरपालिकाका उममेयर ईमानसिंह लामाको प्रमुख आथित्यतामा श्री आधारभूत विद्यालय धमौरामा अध्ययनरत विद्यार्थीलाई कपडा वितरण गरिएको विश्वशान्तले बताए ।No description available.

उनले यसअघि पनि राप्ती नगरपालिका वडा नं.१० र ११ मा अध्ययनरत १ सय ८० जना विद्यार्थीलाई न्यनो कपडा वितरण गरेका थिए । विद्यार्थीहरुलाई न्यानो कपडा स्वीटर वितरण गरिएको हो । स्वीटरको सहयोग रिखिशी कम्पोस्ट मल प्रालिकी प्रबन्ध निर्देशक उषा गिरीले गरेकी थिईन ।

लामाले राप्ती १० को राष्ट्रिय माध्यमिक विद्यालय स्वामिटार र राप्ती ११ को राष्ट्रिय आधारभूत विद्यालय सुरखण्डीका १ देखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको बताए । स्वीटर वितरण कार्यक्रमका प्रमुख अतिथी रहेका नगर उप प्रमुख लामाले नगरपालीकाले पनि केही दिन अघि राप्ती १३ कालीटारमा न्यानो कपडा वितरण गरेको जानकारी दिंदै कपडाको लागि पहल गरेकोमा विश्वशान्तलाई धन्यवाद व्यक्त गरे।

सो अवसरमा बोल्दै विश्वशान्तले आफू यहीको विद्यालयमा अध्ययन तथा अध्यापन गराएकोले दायित्व सम्झेर स्वीटर वितरण गरेको भन्दै विद्यार्थिहरुलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा राप्ती नगर नेकपा एमाले पार्टी अदक्षय पूर्ण बहादुर थापा र राप्ती उध्योग बनिज्य का अधक्ष्य राजकुमार कंडेल पनी थियो । त्यस्तै पहिले बितरण गरेको कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष अमर लामा,युवा नेता प्रकाश कालाखेती लगायतको उपस्थिति थियो।