नुहाउने क्रममा निसास्सिएर मृत्यु

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

स्याङ्जा । गल्याङ नगरपालिका-३ लल्याङ बस्ने ३२ वर्षीया सुनिता भट्टराईको आफ्नै घरको बाथरुममा ग्याँस गिजरको प्रयोग गरी नुहाउने क्रममा निसास्सिएर शुक्रबार बिहान मृत्यु भएको छ ।

नुहाउन बाथरुम छिरेकोमा लामो समयसम्म बाहिर ननिस्किएपछि आफन्तहरुले ढोका फुटाई हेर्दा बेहोस अवस्थामा फेला पारी उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long