हतियारसहित पक्राउ

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

मोरङ । मिक्लाजुङ गाउँपालिका-५ बस्ने ६० वर्षीय ईन्द्र बहादुर राईलाई ३ थान भरुवा बन्दुक, २ डब्बा बारुद, १८ थान गोली, ५ पोका छर्रा, १ थान खुकुरी र १ थान गुलेली सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लेटाङ नगरपालिका -९ बशन्त हरियाली सामुदायिक वनमा उनी समेत ४ जना व्यक्तिहरूले उक्त हातहतियार लिएर हिँडिरहेको अवस्थामा फेला पारी अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

हाल फरार रहेका नाम, थर, वतन नखुलेका अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long