सर्बदलीय वैठकमा निर्वाचन आयोगको यस्तो आयो प्रस्ताव

काठमाडौ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा निर्वाचन आयोगले राजनीतिक दलहरुसमक्ष सात बुँदे प्रस्ताव राखेको छ । आज बसेको निर्वाचन आयोग र राजनैतिक दलहरुबीचको परामर्श बैठकमा आयोगले ७ बुँदे प्रस्ताव राखेको हो ।

आयोगले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने प्स्ताव गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने बताएका हुन ।