ललिता निवास जग्गा प्रकरणमा रावलले गरे यस्तो आशंका

काठमाडौ । नेकपा एमालेका नेता भीम रावलले बालुवाटारको ललिता निवाससम्बन्धी मुद्दा सामसुम पार्न खोजिएको आशंका व्यक्त गरेका छन् ।

प्रहरीले अनुसन्धान पूरा गरेर सरकारी वकिललाई बुझाएको उक्त जग्गा प्रकरणसम्बन्धी फाइल प्रहरीलाई नै फिर्ता गरिएको सम्बन्धमा उनले सन्देह व्यक्ति गरेका हुन् ।

बिहीबार आज बिहान ट्वीट गर्दै उनले लेखेका छन्, ‘प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार, ललिता निवाससम्बन्धी मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन ? अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के-केमा नपुगेको हो, खुलस्त गर्नुपर्छ । अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ ।’ उक्त प्रकरणमा राजनीतिक व्यक्तित्वसहित धेरैजनाको नाम मुछिएको छ ।