कोठामा युवायुवती मृत भेटिए, हत्यापछि आत्महत्याको आशंका

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । काठमाडौंको बौद्धस्थित एक घरको कोठाभित्र मृत अवस्थामा युवा(युवती फेला परेको प्रहरीले जनाएको छ ।

गएराति काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धको राधाकृष्ण मन्दिरस्थित एक घरको कोठामा युवक र युवती मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिएका छन्।

मृत फेलाहरुमा संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङकी २२ वर्षीया युसिना राई रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरू भिडिओ गेम पब्जीबाट नजिकिएका थिए। उनीहरू केही दिनदेखि लिभिङ टुगेडर बसेका थिए।

वरिष्ठ उपरीक्षक सुदीप गिरीका अनुसार उनीहरू सँगै बस्न थालेको २०(२२ दिन मात्रै भएको थियो। उनीहरूबीच अनलाइन भिडिओ गेम पब्जीबाट चिनजान भएको थियो। घटनाका विषयमा थप प्रहरीले थप अनुसन्धान गरिरहेको । छ ।

प्रहरीले कोठाबाट धारिलो हतियार समेत बरामद गरेको छ । यसमा युवकले पहिले धारिलो हतियार प्रयोग गरी युवतीको हत्या गरेपछि आत्महत्या गरेको हुनसक्ने प्ररम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ।

यद्यपी यसको पुष्ट्याइ पोष्टमार्टम रिपोर्टले गर्ने उनले बताए। प्रहरीले शवको पोष्टमार्टम गर्न शिक्षण अस्पताल लैजाने तयारी गरेको छ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long