चर्चित र्‍यापर लाहुरेसहित ४ जना पक्राउ, १३.१ ग्राम ब्राउनसुगर बरामद

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । चर्चित र्‍यापर आशिष राना (लाउरे) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई अवैध लगुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । लाउरे र उनीसँगै पक्राउ परेकाहरूको तस्बिर पनि प्रहरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।

कास्की प्रहरीले फेसबुकमा दिएको जानकारीअनुसार बुधबार बेलुकी ७ बजे पोखराको वडा नम्बर ८ जाल्पारोडबाट लाउरेसहित चारजना पक्राउ परेका थिए । उनीहरूले लागुऔषध खरिद(बिक्री गरिरहेको सूचनाका आधारमा जिप्रका कास्कीबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीले बताएको छ ।


प्रहरीको अनुसार पक्राउ परेकाहरूको शरीर खातलासी गर्दा उनीहरूको साथबाट ०.५१ ग्राम ब्राउनसुगर फेला परेको थियो । त्यसपछि थप अनुसन्धानका क्रममा वडा नं. ८ स्थित सुस्मिता गुरुङको कोठाभित्र लुकाइ-छिपाइ राखेको अवस्थामा थप १२.५० ग्राम ब्राउनसुगर फेला परेको थियो । उनीहरुको साथबाट डिजिटल तराजु १ थान, नगद ३८ हजार ३५० रुपैयाँ, मोबाइल सेट ५ थान स्कुटर १ थान बरामद भएको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरूलाई लागुऔषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट आठ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाईएको छ ।

यीहुन लाहुरेसँगै पक्राउ परेकाहरु
लाउरेसँगै पक्राउ परेका चारजनामा एक महिला छन् । पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजारका ३२ वर्षीय लाउरे भन्ने आशिष राना, वडा नं. २१ घर भइ हाल वडा नं. १७ छोरेपाटन बस्ने ३८ वर्षीय ध्रुवबहादुर थापा र कास्की रुपा गाउँपालिका वडा नं. ७ घर भइ हाल पोखरा महानगरपालिका वडा नं. १ बस्ने ३० वर्षीय बिक्की भनिने नविनकुमार गुरुङ पक्राउ परेका छन् ।

यस्तै स्याङ्जा भीरकोट नगरपालिका-७ घर भइ हाल पोखरा महानगरपालिका ८ सभागृह बस्ने २२ वर्षीया सुस्मिता गुरुङ पक्राउ परेकी छन् ।

 

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long