अमेरिकी सहायक विदेशमन्त्री लु आज आउँदै, एमसीसीबारे छलफल हुने

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदैछन् । उनी तीनदिने भ्रमणका लागि आज काठमाडौ आउन लागेका हुन । उनले नेपाल भ्रमणका क्रममा अमेरिका–नेपाल सम्बन्ध, कार्यान्वयन अघि बढ्न नसकेको एमसीसी सम्झौताबारे छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय नेपाल–अमेरिका सम्बन्धमा एमसीसी सम्झौता पेचिलो विषय बनेको छ । सन् २०१७ मा हस्ताक्षर भएको यो सम्झौता नेपालको संसदबाट अनुमोदन नहुँदा अमेरिकाले असन्तुष्टि जनाएको छ । अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का, रक्षामन्त्री मीनेन्द्र रिजाल, गृहमन्त्री बालकृष्ण खाँण, स्वास्थ्यमन्त्री विरोध खतिवडासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

यस्तै उनले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत पार्टीका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । मालेमा रहँदा उनले विदेशमन्त्री अहमद खलिल, अन्य वरिष्ठ सरकारी अधिकारीहरू र नागरिक समाजका नेताहरूसँग भेटवार्ता गरेका थिए। । सहायकमन्त्री लुको भ्रमणका क्रममा नेपालमा सञ्चालित अमेरिकी परियोजनाहरूबारे द्विपक्षीय छलफल हुने अमेरिकी स्टेट डिपार्टमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long