डान्स रियालिटी सो को प्रमुख निर्णायकमा निरुता सिंह

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । कात्तिक २५ गतेबाट शुरु हुने डान्स रियालिटी सोको प्रमुख निर्णायकमा नेपाली चलचित्रकी अभिनेत्री निरुता सिंह रहने भएकी छिन् । उक्त च्याम्पियनसिपमा निरुतासँगै मोडल आश्मा विश्वकर्मा र जगत रावल पनि निर्णायकको रुपमा रहने छन् ।

पहिलोपटक रियालिटीको प्रमुख निर्णायक हुन पाउँदा धेरै खुशी मिलेको अभिनेत्री निरुता बताँउछिन्।

सोको लागि डिजिटल अडिसन भैसकेको निर्देशक गजित बिष्टले जानकारी दिएका छन्। साथै सो मेगा अडिसनपछि ३४ भागमा रहनेछ। मंगबार पत्रकार सम्मेलन गरी सोको बारे जानकारी दिइएको थियो। इन्टरनेशनल डान्स एकेडेमीले प्रस्तुत गरेको यो सोमा उत्कृष्ट ३०, २० हुँदै अघि बढ्ने बताइएको छ।

 

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long