nepal telicom

एमाले क्रान्तिकारी पार्टी हो  : एमाले नेता बलम्पाकी

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

बर्दिबास । एमाले नेता टेकबहादुर बलम्पाकीले नेकपा एमाले क्रान्तिकारी पार्टी भएको दाबी गरेकाछन् ।

महोत्तरीको बर्दीबास , हात्तीलेडस्थित बेङ्खाडी बजारमा रहेको एमाले ८ नं. वडा कार्यालयमा बसेको वडाकमिटीको बैठकलाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य तथा महोत्तरी जिल्ला अध्यक्ष बलम्पाकीले यस्तो दाबि गरेकाहुन् ।

No description available.

जिल्लाभरीका सबै वडाहरूमा पार्टीको संगठन निर्माण र पुनर्गठन गरिसकेको बताउँदै बलम्पाकीले भने – संगठन निर्माणका क्रममा देखिएको नेतार कार्यकर्ताको उत्साह र जाँगरले एमाले अहिलेको सबैभन्दा बढी क्रान्तिकारी पार्टी भएको पुष्टि गर्छ ।

महोत्तरीमा १५ पालिका र १ सय ३७ वडा छन् ।

नेता बलम्पाकिले जिल्लाको नगर र पालिकामा पनि एमालेको कमिटी गठन पनि सकिएको जानकारी दिए । उनले भने – अब एमालेलाई महोत्तरीमा हल्लाउन कसैले नचिताए हुन्छ ।

माधव नेपालको नेकपा एसमा लागेका सयौँ नेता कार्यकर्ता पनि एमालेमै फर्कने तयारीमा रहेको बताउँदै नेता बलम्पाकीले भने – पद र टिकटको प्रलोभन देखाएर एसले केही हाम्रा साथीलाई लगेपनि वहाँहरू सबै आफ्नै घर फर्कदै हुनुहुन्छ ।  कार्तिक  ६ र ९ गते एमालेको देशैभरी वडा र नगररपालिका कमिटी गठनको घोषणा गरिदै छ । तस्वीर स्रोत: सन्तोष बराईली

 

adb bank long