गगन थापाले किन गरे आफ्नै पार्टी सभापति देउवा सरकारको यस्तो बिरोध

Telecom

काठमाडौ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारको काम जनताले अपेक्षा गरेअनुरुपको नभएको टिप्पणी गरेकका छन् । आज काठमाडौमा आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको कार्यक्रममा बोल्दै थापाले सरकार गठनको १ सय दिनसम्म पनि जनतामा आशा जगाउन काम हुन नसकेको टिप्पणी गरेका हुन् ।

कांग्रेस नेतृत्वको सरकारलाई काम नगर्ने वा समय खेर फाल्ने छुट नरहेको भन्दै थापाले सरकारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री नै गम्भीर हुनुपर्ने बताए । ‘धेरै राजनीतिक परिवर्तन पछिका धेरै समय हामीले खेर फालेका छौं । हामीले यो मौका पनि खेर फाल्दैछौं की भनेर डर लागेको छ । सरकारले कामको लय पक्रन सकेको छैन’, थापाले भने । यसरी आफ्नै पार्टीको नेतृत्वको सरकारको खिरलापमा थापाले राजनीतिक रुपमा निकै महत्वका साथ हेर्न थालिएको छ ।

विद्युत खपत बढाउने विषयमा सरकारले पर्याप्त काम गर्नुपर्ने भन्दै थापाले विद्युत प्राधिकरणको प्रतिष्ठा जोगाउने गरी काम हुनुपर्ने बताए ।

adb bank long