काठमाडौ । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका -१६ माछापोखरी डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका -१ घर भएका ३६ वर्षीय दिनेश विश्वकर्मालाई प्रहरीले प्रहरीले पक्राउ गरेको छ । उनलाई हिजो राती प्रहरीले पक्राउ गरेको हो ।
दिनेशले ती किशोरीलाई जबरजस्ती करणी गरेको सूचना प्राप्त भएपछि प्रहरी घटनास्थल गएको थियो । दिनेशलाई महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको र उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।