काठमाडौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको दशौं महाधिवेशन चितवनमा हुने भएको छ । महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म हुने भएको हो । यसअघि वुटवलमा महाधिवेशन गर्ने भनिएपनि हिजो बसेको स्थायी कमिटीको वैठकले स्थान परिवर्तन गरेको हो ।
वैठकले पार्टी स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन समेत गरेको छ । मुल व्यवस्थापन समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, काशिनाथ अधिकारी, राजन भट्टराई, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावल छन्। अन्य सदस्यको आज बस्ने वैठकले टुङ्गो लगाउने पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
त्यस्तै सातवटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट समेत एक÷एक जना रहने गरी मुल व्यवस्थापन समिति गठन भएको छ।