nepal telicom

बुटवल मोतीपुर ओैद्योगिक क्षेत्रमा गोली चल्दा एकको मृत्यु

 

बुटवल । रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा सशस्त्र प्रहरीले गोली चलाउँदा एकको मृत्यु भएको छ । सशस्त्र प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका थिए । बुटवल औधोगिक क्षेत्रमा जग्गा कब्जा गरेर बस्नेहरुलाई हटाउन खोजेपछि झडप भएको थियो । १ सय बिगाहा जग्गा सुकुम्वासीको नाममा कब्जा गरेपछि सो क्षेत्रमा सशस्त्र प्रहरीलाई स्थायी रुपमा राख्ने तयारी भइरहेको थियो ।

घाइतेमध्ये एक जनाको टाउको र एक जनाको छातीमा गोली लागेको बताइएको छ । औधोगिक क्षेत्रमा टहरा बनाएर बसेकाहरु दुई हजारको संख्यामा प्रदर्शनमा उत्रिएका छन् । घटनास्थलमा सुरक्षाकर्मीले दुई राउण्ड गोली चलाएको लुम्बिनी प्रदेशका डीआईजी मुकुन्दराज आचार्यले जानकारी दिए । गोली लागेकामध्ये एकको मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सुरक्षा व्यवस्थालाई मजबुत बनाउन कर्फ्यु लगाएको छ । अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्‍यू लगाएको प्रशासनले जनाएको छ ।

adb bank long