nepal telicom

मन्त्रीमण्डल विस्तारपछि देउवालाई भयो पछुतो, भने -क्षमतावान नेतालाई मन्त्री बनाउन सकिन, त्यसको क्षतिपूर्ती मिल्छ

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । हिजो भर्खर मन्त्रीपरिषदलाई पूर्णता दिएका प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले नेपाली कांग्रेसका क्षमतावान र योग्य नेतालाई आफूले मन्त्री बनाउन नसकेको बताएका छन्।

आज प्रधानमन्त्री निवास बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाको ‘विश्वेश्वर प्रसाद कोइरालाः शताब्दी सन्दर्भ’ पुस्तक विमोचन कार्यक्रममा बोल्दैप्रधानमन्त्री देउवाले गठबन्धन सरकार भएकाले पार्टीका क्षमतावान र योग्य व्यक्तिहरुलाई मन्त्रिपरिषद्‌मा सहभागी गराउन नसकेको प्रष्टीकरण दिएका हुन्।

‘मन्त्रिपरिषद्ले पूर्णता पाएको छ‚’ उनले भने‚ ‘तर गठबन्धनको सरकार हुँदा पार्टीका क्षमतावान र योग्य साथीहरूलाई मन्त्री बनाउन सकिएन। यसमा म दुःखी छु।’

प्रधानमन्त्री देउवाले अहिले छुटेकालाई आगामी दिनमा उचित जिम्मेवारी दिने पनि आश्वासन समेत बाड्न भ्याए। देउवाले आफू प्रधानमन्त्री भएको ८८ दिनपछि हिजो १६ मन्त्री र दुई राज्यमन्त्री थपेर सरकारलाई पूर्णता दिएका हुन। गठबन्धन दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाभित्र मन्त्रीमा पठाएका ब्यक्तिका विषयलाई लिएर गुनासो बढेको छ।

 

adb bank long