चितवन । सर्बोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान गजेन्द्र हमाल हिजो मात्र मन्त्री नियुक्त भएका छन् । उक्त विषयको अहिले चौतर्फी बिरोध आईरहेको छ । यसै क्रममा सत्ता गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गजेन्द्र हमालको विषयमा बचावट गर्दै हमालको बारेमा चलेको चर्चाको कुनै तुक नभएको बताएका छन् ।
आज बिहान भरतपुर विमानस्थलमा आयोजना भएको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता दाहालले भने, ‘हमाललाई मन्त्री बनाएको विषयमा होहल्ला गर्नु आवश्यक नरेका बताएका हुन । उनले त्यस्ता कुनै अनावश्यक चर्चाको केही तुक नभएको पनि बताए ।
कांग्रेसी पृष्ठभूमि भएका हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दिएका छन् । उनी नाताले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका नातेदार हुन् । हमाल संघीय संसद् सदस्य छैनन् । गैरसांसद पनि निश्चित समयका लागि मन्त्री बन्न पाउने संवैधानिक प्रवधान रहेको र यसअघि पनि यस्तो काम धेरै भएको हुँदा हमालको विषय कुनै नयाँ नभएको दाहालको थप भनाइ थियो ।
हमालको नियुक्ति संविधानवादमाथि हमला
‘उहाँ कांग्रेसको मान्छे हो । कांग्रेसको कोटामा मन्त्री हुनु भएको हो । त्यसैले यताको र उताको किन भनिरहने,’ दाहालले भने । गत वर्ष पहिलो पटक संसद् विघटन हुँदा ओलीले सेटिङ गरेको हुन सक्ने चर्चा चलेझैं अहिले कसैले त्यसैको सिको गरेर सेटिङ भन्न थालेको हुन सक्ने उनले बताए । यसमा अन्य केही सेटिङ र अन्य विषय नलुकेको भन्दै दाहालले हमालको बचाउ गरेका थिए ।
राजनीतिक दलहरूबीचको भागबन्डामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम जोडिएपछि देशमा नयाँ बेथिति संस्थागत हुने अवस्था आएपछि त्यसले अहिलले राजनीतिकि वृत्तमा नयाँ रतंग उत्पन् भएको छ । प्रधानन्यायाधीश जबराका जेठान तथा गैरसांसद गजेन्द्र हमाललाई मन्त्री बनाएर न्यायपालिका, संविधानवाद र लोकतन्त्रमाथि हमला गरिएको भन्दै पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश र वरिष्ठ अधिवक्ताहरूले अहिले गम्भीर आपत्ति जनाईरहेका छन् ।