काठमाडौ । नेपाल प्रहरीले सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई ४४ करोड रुपैयाभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ गरेको छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी० को टोलीले ठगी आरोपमा सोमबार काठमाडौंको सुनधाराबाट पक्राउ गरेको हो ।
तामाङमाथि अहिलेसम्म ४४ करोड रुपैयाँ भन्दा धेरै हिनामिना र ठगी गरेको आरोपसहित कयौं उजुरी परेका कारण छानबिनका गर्न पक्राउ गरेर सीआइबीको टोलीले हिरासतमा लिएको प्रहरीले बताएको छ ।
सीआइबीका अनुसार हालसम्म ४४ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको हो । तामाङले तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा जम्मा गरिएको हजारौं ग्राहकको निक्षेप हिनामिना र ठगी गरेको अभियोग लागेको छ ।
सीआइबी प्रमुख डीआइजी धीरजप्रताप सिंहले तामाङलाई पक्राउ गरेको पुष्टि गरेका छन् । डीआइजी सिंहले निक्षेप रकम हिनामिना र करोडौं रुपैयाँ ठगी अभियोगमा तामाङलाई पक्राउ गरी हिरासतमा राखिएको जानकारी दिएका छन् ।