पूर्व प्रधानमन्त्री भट्टराई र नेपालको मुद्धा १५ गते सुनुवाई हुँदै

Telecom

काठमाडौ । बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दाको फैसला कात्तिक १५ मा हुने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले मुद्दाको फैसला गर्ने मिति तोकेको सर्वोच्च श्रोतले बताएको छ।

कात्तिक १५ गते फैसला आउने निर्णय सुनाइएको छ।’ तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा लगाउनु पर्ने भन्दै अख्तियारविरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए। इजलासले बहस नोट मगाउने आदेश समेत दिएको छ।

अख्तियारले नेपाल र भट्टराईलाई उक्त प्रकरणमा मन्त्रिपरिषद्‌बाट सामूहिक रूपमा गरेका नीतिगत निर्णय भएकाले मुद्दा दायर गर्नु नपर्ने निष्कर्ष निकालेको थियो।

ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने निर्णय तत्कालीन प्रधानमन्त्रीहरूकै नेतृत्वमा भएको दाबी रिटमा गरिएको छ। यसअघि उक्त मुद्दामा प्रमाण बुझ्न, लिखित जवाफ झिकाउने र निर्णय झिकाउने आदेश भएको छ।

 

 

adb bank long