एमालेका स्थानीय जनप्रतिनिधिको भेला, चुनावी रणनीति बनाउँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको भेला आयाेजना गरेकाे छ ।

आइतबार मात्रै विधान महाधिवेशन समपन्न गरेको एमालेले आज भेलाकाे आयाेजना गरेकाे हाे ।

काठमाडाै‌काे राष्ट्रिय सभागृहमा जारी स्थानीय तहका प्रमुख तथा उप्रमुखहरुको भेलामा आगामी स्थानीय तहको निर्वाचनका लागि बनाइने रणनीतिका बारेमा छलफल हुने केन्द्रीय सदस्य देवेन्द्र दाहालले जानकारी दिए ।

उनका अनुसार पार्टी विभाजनपछि स्थानीय तहमा पार्टीको अवस्था र अब लिनु पर्ने रणनीतिका बारेमा सहभागीहरुले रिर्पोटिङ गर्नेछन ।

विधान महाधिवेशनमा सहभागी हुन आएका एमालेका जिल्ला समन्वय समितीका प्रमुख, उपप्रमुख, महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका प्रमुख उपप्रमुख भेलामा सहभागी हुँदैछन ।

आजको भेलालाई दिउसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

adb bank long