काठमाडौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५१ प्रतिशत नेपाली जनता आफ्नो पार्टीको पक्षमा रहेको दावी गरेका छन् । शुक्रबारदेखि जारी विधान महाधिवेशनलाई आइतवार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
आफूले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा ओलीले आगामी चुनावमा पनि एमालेले नै जित्ने दाबी गरेका छन् । उनले आफ्नो दोस्रो कार्यकालमा कयौं विकासका काम गरेको पनि दावी गरे । सडक मानव व्यवस्थापनदेखि मेलम्चीको पानी काठमाडौं ल्याएको तथा कयौँ ठूला विकासका काम गरेको पनि उनले बताए ।
‘५१ प्रतिशत नेपाली एमालेको पक्षमा छन्, हाम्रो पालाका सरकारको विकासमुखी सोचहरुले नै यो सम्भव भएको हो ।’ ओलीले एमाले अब लगातार जित्ने दाबी गरे । ‘हामीले हिजो पनि जितेका हौं, आज पनि जित्छौँ, भोलि पनि जित्दैछौं, हामी जित्दैछौँ’, उनले भने, ‘देश अब बन्न सकेन भने हामीले जिम्मा लिनुपर्छ, अरुलाई दोष दिँदैनौं ।’