डडेल्धुरामा देउवा र पौडेल पक्षबीच झडप

Telecom
डडेल्धुरा । डडेल्धुरामा नेपाली कांग्रेसको देउवा र पौडेल पक्षबीच झडप भएको छ । आइतबार पौडेल समूहले आयोजना गरेको कार्यकर्ता भेलामा देउवा समूहले अवरोध गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।पौडेल पक्षको भेलालाई कांग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा. शेखर कोइराला र गुरुराज घिमिरेले सम्बोधन गर्ने कार्यक्रम थियो । तर कार्यक्रम शुरु हुनै लाग्दा देउवा पक्षले कालो झण्डा देखाउन खोजेपछि झडप भएको हो । झडपमा केही कार्यकर्ता सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

पार्टीका जिल्ला सभापति समेत रहेका प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पक्षले डडेल्धुरामा अवैधानिक रुपमा क्रियाशील सदस्यता वितरण गरिएको भन्दै वडा र पालिका महाधिवेशन बहिष्कार गरेको छ ।

अवैधानिक रुपबाट राखिएका क्रियाशील सदस्यको नाम हटाउनुुपर्ने, स्थानीय तहबाट सिफारिस भएका नामहरु समावेश गर्नुपर्ने र वडा अधिवेशन पुनः गर्नुपर्ने माग गर्दै जिल्ला पार्टी कार्यालयमा नेता, कार्यकर्ता रिले अनसनमा समेत बसेका थिए । तर आइतबार भने अनसन स्थगित गरिएको छ ।

adb bank long