एमाले विधान महाधिवेशन : तीन वटै प्रस्ताव सर्वसम्मत पारित

काठमाडौ । नेकपा एमालेको जारी विधान महाधिवेशनबाट तीन वटै राजनीतिक प्रस्ताव सर्वसम्मत पारित भएका छन् ।
महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख एवम् उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएका हुन् ।

राजनीतिक प्रतिवेदनमाथि अध्यक्ष ओलीले आफ्नो जवाफ दिएपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले तीन वटै प्रस्ताव पारित गर्न हललाई आग्रह गरेका थिए । हलले सर्वसम्मत रुपमा ती प्रस्ताव पास गरेको हो । एमालेको विधान महाधिवेशन नीति निर्माणका लागि भएको थियो । तर यो महाधिवेशनमा माधव नेपाललाई छाडेर आएका घनश्याम भुसाल र भीम रावलसहितका नेताहरुले लिखित रुपमा फरक मत राखेनन् ।

उनीहरुले असन्तुष्टि व्यक्त गरे पनि लिखित रुपमा फरक मत नराखेपछि तीन वटा मात्रै प्रतिवेदनमाथि छलफल भएको थियो । महाधिवेशन आजै सकिने जनाइएको छ ।

adb bank long