काठमाडौ। नेपाली कांग्रेसका सभापति एवमम् प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले सर्वदलीय बैठक बोलाएका उनका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिएका छन् ।
परियारका अनुसार संसद् अवरोध र पछिल्लो समसामयिक राजनीतिक घटनाबारे छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।
संसद्मा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) लगायत सबै दललाई बैठकमा बोलाइएको छ ।
यसअघि पनि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्यका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका थिए । तर, उक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिएनन् ।
संघीय संसद्का दुवै सदन प्रमुख प्रतिपक्षी नेकपा एमालेले दैनिक रुपमा अवरुद्ध गरिरहेका बेला प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । एमालेले १४ जना सांसद्लाई कारबाहीको माग गर्दै लगातार संसद बैठक अवरुद्ध गरिरहेको छ । यस्तो अवस्थामा प्रमुख प्रतिपक्षीको भूमिका खे्लिरहेको एमालेका अध्यक्ष ओली वैठकमा सहभागी होलान कि नहोलान भन्ने आम चासो बढिरहेको छ । एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हिजै अस्पतला भर्ना भएका कारण वैठकमा सहभागी नहुने भएका छन् । उता सभामुख सापकोटा पनि सहभागी नहुने भएका छन् । यो परिस्थितिमा ओली पनि सहभागि होलान कि नहोलान प्रतिक्षा गर्नुपर्ने अवस्था छ ।