काठमाडौ । सोमबारदेखि हराएको ४ वर्षीय बालक भारतमा सकुशल भेटिएका छन् । भारतको बिहार मधुवनी घर भएका बालक दिउँसो ४ बजेतिर अपहरणमा परेको भन्दै बालकका बुबाले उजुरी दिएका थिए। जसअनुसरा प्रहरीले खोजी कार्य गरेको थियो । बालक भारतमा भेटिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआइजी हरिबहादुर पालले पुष्टि गरेका छन्।
तीन युवकले बालकलाई कपनबाट बसमा राखेर चावहिलको गोपीकृष्णसम्म ल्याएको खुलेको छ। त्यसपछि उनी कहाँ गए भन्ने खोजी भइरहेको थियो। चिनेजानेका व्यक्तिले नै उनलाई भारत लगेको देखिएको छ।
बालकको अपहरण गरिएको हो या होइन भन्ने अहिलेसम्म खुलेको छैन। बालकलाई के उद्देश्यले भारत लगियो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ।
बालक र उनलाई भारत लैजाने दुवै जना भारतीय नागरिक हुन्।