nepal telicom

उपचारका लागि माओवादी नेता पुन बैंकक प्रस्थान

काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गरेका छन् । आज बिहान ७ बजे हिमालयन एयरलाइन्सको जहाजबाट पूर्वमन्त्री पुन बैंककतर्फ लागेका हुन् ।

पूर्व अर्थ र ऊर्जामन्त्री एवं माओवादी केन्द्रका केन्द्रीय कार्यालय इञ्चार्ज पुन नेपालका वरिष्ठ चिकित्सकहरूको सल्लाह बमोजिम थप उपचारका लागि बैंकक गएका हुन् । साथमा पूर्व सभामुख तथा नेता पुनकी पत्नी ओनसरी घर्ती पनि रहेकी छिन् । पुनलाई जस्डिस देखा  परेपछि उपचारको लागि त्यता लगिएको हो ।

 

adb bank long