nepal telicom

कपनबाट यसरी भयो ४ वर्षीय बालकको अपहरण

काठमाडौ । काठमाडौंको कपनबाट चार वर्षीय बालकको अपहरण भएको छ । सोमबार दिउँसो साढे ४ बजे कपनका ४ वर्षीय पीयुष शर्मा अपहरणमा परेको काठमाडौं प्रहरी स्रोतले जानकारी दिएको छ ।

बालकलाई घरबाटै एक व्यक्तिले अपहरण गरेको र उनको पहिचान समेत भइसकेको प्रहरीको दाबी छ । स्रोतका अनुसार भारतको बिहारका शर्माको अपहरण भारतकै शंकर दासले गरेका छन् । परिवारले जानकारी दिए लगत्तै खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

शंकर पनि नजिकैको अर्को टहरामा बस्थे । दासले सार्वजनिक बसमा चाबहिलको गोपीकृष्णसम्म पुर्‍याएको र त्यहाँबाट वीरगञ्ज जाने बस चढेको आशंका प्रहरीको छ । उनी भारततर्फ भागेको आशंकामा प्रहरीले खोजी कार्य तीव्र बनाएको छ ।

 

adb bank long